Follow @khasokhasmag

वैशाख ३१ गते हुने चुनाव कसैले रोक्न सक्दैन: प्रमुख निर्वाचन आयुक्त


प्रकाशित मिति : फाल्गुन १०, २०७३ मंगलबार

वैशाख ३१ गते हुने चुनाब कसैले रोक्न नसक्ने प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बताएका छन् ।

रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै प्रमुख आयुक्त यादवले ‘आयोगले यही हप्ताभित्रै आचारसंहिता लागु गर्छ र हामी आचारसंहिता लागू गर्ने गरी विशेष छलफलमा छौं, आचारसंहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ति केही हुन नदिने बताए ।

उनले स्थानीय तह पूर्नसंरचना अनुसार नयाँ संरचनाको भूगोल गाउँपालिकाहरुमा कर्मचारी खटनपटनका लागि आफूहरुले सरकारसँग आग्रह गरेको जानकारी दिए । प्रमुख आयुक्त यादवले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गरे ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com