मोर्चाले सर्वदलीय बैठक बहिस्कार गर्ने


प्रकाशित मिति : फाल्गुन १०, २०७३ मंगलबार

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री प्रचण्डले आहृवान गरेको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । चुनाव घोषणाको विरोध गर्दै मधेसी मोर्चाले दबावमुलक आन्दोलन घोषणा गरेको छ ।

स्थानीय चुनाव गर्ने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्रीले सर्बदलीय बैठक बोलाएका छन् । मधेसी मोर्चाले बैठक बहिस्कार गर्ने निर्णय गरेको जनाईएको छ । मोर्चासँगै थरुहट तराई पार्टी र नयाँ शक्ति पार्टीले पनि बैठक बहिस्कार गर्ने सहमति भएको जनाईएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com