महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा सैनिक मञ्च, टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम हुने भएको छ ।
गौरवमय इतिहास र परम्परा बोकेको सङ्घीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले यही फागुन १३ गते शिवरात्रिको दिन मुलुकभर ‘सेना दिवस’ मनाउँदैछ ।
सोही दिन टुँडिखेलमा आयोजना हुने परेड कवाज तथा विविध कला प्रदर्शनी समारोहपश्चात् साँझ ५ बजेदेखि ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाले स्थापना दिवस पारेर पहिलो पटक आयोजना गर्न लागेको उक्त ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम धेरैभन्दा धेरै जनसहभागिता होस् भन्ने हेतुले नेपाली सेनाले प्रवेशलाई निःशुल्क गरेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
कार्यक्रममा सहभागी हुन इच्छुक सर्वसाधारणलाई प्रवेशको लागि सैनिक मञ्चको पूर्वी र पश्चिमीद्वार तथा नेपाल वायुसेवा निगम अगाडि र सहिद गेटबाट व्यवस्था मिलाएको जनाइएको छ । तस्विर गुगलबाट
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।