विश्वकर्मा पूजा नजिकिदा कुपन्डोलमा मूर्तिकारलाई विश्वकर्मा प्रतिमा बनाउने चटारो


प्रकाशित मिति : भाद्र १९, २०७६ बिहीबार

विश्वकर्मा पूजा प्रविधि र मेसिनरीहरूको पूजा गरी भगवान् विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भाद्र महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर), कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा), भाद्रपद पञ्चमी (अङ्गिरा जयन्ती) दिवस आदि विश्वकर्मा पूजा महोत्सव पर्व हो । यी पर्वहरूमा भगवान् विश्वकर्माको पूजा–अर्चना गरिन्छ ।

भाद्रपद शुक्ल पक्षको प्रतिपदा तिथिको महिमा महाभारतमा विशेषतः प्राप्त हुन्छ । यस दिन भगवान् विश्वकर्माको पूजाअर्चना गरिन्छ । यो पूर्वोत्तर भारत, बंगाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आश्विन १ गते (कन्या सङ्क्रान्ति) का दिन मनाउने प्रचलन छ । भारतका कतिपय क्षेत्रमा गोरुतिहार (गोवर्द्धन पूजा) का दिन भगवान् विश्वकर्माको पूजाअर्चना (औजार–पूजा) गर्ने गरिन्छ ।

यसरी भगवान् विश्वकर्माको जयन्ती मनाउने क्रममा विद्वानहरूमाझ मतभेद छ । श्रुतिको वचन छ – विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा–आराधना गर्नुपर्दछ । विश्वकर्मा पूजा नजिकिएसँगै ललितपुरकाे कुपन्डाेलमा अहिले मूर्तिकारहरू धमाधम विश्वकर्मा प्रतिमा बनाइरहेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com