चुनावका लागि नयाँ शक्तिले दियाे, तीन विकल्प


प्रकाशित मिति : फाल्गुन १०, २०७३ मंगलबार

स्थानीय तहको चुनाव घोषण लगत्तै राजनीतिक दलका प्रतिक्रिया आउन थालेका छन् । नयाँ शक्तिले पनि आप्नो मत बाहिर ल्याएको छ । सरकारले हिजो मात्र बैशाख ३१ मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको थियो ।

नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडलेले आफुहरु चुनाव फेस गर्न तयार रहेको तर चुनावका लागि तीन वटा विकल्प अगाडि सारेको बताए । ती विकल्प देशलाई निकाश दिने खालका रहेको उनको भनाई छ । ‘हामी चुनावका लागि तयार छौँ । तर, अहिलेको राजनीतिक समस्या हल गरेर मात्र चुनाव गर्नुपर्छ भनेर हामीले विकल्प अगाडि सारेका हौँ ।’

यस्ता छन नयाँ शक्तिले दिएका तीन विकल्प :

पहिलो विकल्प – वार्ता र सहमति
विभिन्न माग राखेर असन्तुष्ट पक्षसँग वार्ता र सहमति गरेर चुनावमा जादा त्यसले सही निकाश दिन्छ भन्ने नयाँ शक्तिको धारणा छ । कसैले उपयोग गर्ने, कसैले विरोध गर्ने र कसैले बहिस्कार गर्ने चुनावबाट देशमा राजनीतिक समस्याको समाधान हुँदैन ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

दोस्रो विकल्प – संविधान संसोधन र सीमाङ्कनको टुंगो
नयाँ शक्तिले चुनावका लागि संविधान संसोधन र सीमाङ्कनको टुंगो अनिवार्य भएको भन्दै यसमा ध्यान दिनुपर्ने बताएको छ । संविधान संसोधन र सीमाङ्कनको टुंगो नलगाई गरिने चुनावले राजनीतिक समस्या हल गर्न कठिन हुने नयाँ शक्तिको बुझाई छ ।

तेस्रो विकल्प – एकै पटक तीन वटा चुनाव
नयाँ शक्तिले तीन वटा चुनाव एकैपटक गर्न व्यवहारिक हुने विकल्प अगाडि सारेको छ । चुनावलाई कम खर्चिलो बनाउन ०७४ माघ भित्र तीनवटै चुनाव एकैपटक गर्न सकिने नयाँ शक्तिको बुझाई छ । सरकारले स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगलाई १० अर्ब २९ करोड रुपैयाँ निकाशा दिने निर्णय हिजो नै गरेको छ । यही विषयलाई लिएर नयाँ शक्तिले उकै पटक चुनाव गर्दा कम खर्चमा गर्न सकिने विकल्प अगाडि सारेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com