आईसीस संस्थापक ओबामा र सहसंस्थापक हिलारी रहेको ट्रम्पको कडा आरोप, अमेरिकामा खैलाबैला


प्रकाशित मिति : श्रावण २७, २०७३ बिहीबार

अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आतंकबादी संगठन आईसीसका संस्थापक अमेरिकी राष्ट्रपति बराक ओबामा भएको आरोप लगाएका छन् । उनले आईसीसका सहसंस्थापक राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन रहेको आरोप लगाए । ट्रम्पले पटकपटक दोहोर्याउदै आईसीसको संस्थापक ओबामा भएको बताएपछि अमेरिकामा भयानक विवाद सुरु भएको छ ।

इराकमा चलिरहेको युद्धमा अमेरिकाले गल्ती गरेको भन्दै ट्रम्पले ओबामालाई इराकमा दुर्गन्ध फैलाएको र पछि सफा गर्न खोजेको आरोप लगाए । आईसीसले राष्ट्रपति ओबामालाई सम्मान गर्ने र ओबामा आईसीसका संस्थापक रहेको ट्रम्पको आरोप थियो । बिहिबार विहान सीएनबीसीको कार्यक्रममा ट्रम्पले पुन दोहोर्याउँदै भने आईसीसका संस्थापक ओबामा नै हुन् । जसरी उनले इराकबाट अमेरिकी सेना हटाए, तिमीले त्यस्तो गर्नु हुँदैनथ्यो । यो एउटा अत्यन्तै दुखद गल्ती थियो । इतिहासकै खराब गल्ती । हामीले मध्यपूर्वलाई अस्थीर बनायौं । यसको मूल्य हामीले वर्षौदेखि चुकाइरहेका छौं । उनी आईसीसीका संस्थापक नै हुन् ।

सुरुमा ओबामा भन्दै आरोप लगाएपनि पछि ट्रम्पले ओबामाको पूरा नाम बराक हुसैन ओबामा भनेरै आरोप लगाएका थिए । विपक्षीहरुले ओबामा प्रशासनले राष्ट्रपतिको बीचको नाम मुस्लिमहरुको सहानुभूतीका लागि हाइलाइट गरेको आरोप लगाउँदै आएका छन् भने ट्रम्पले ओबामा अमेरिकामा नजन्मेको आरोप लगाउँदै आएका छन् । वास्तवमा ओबामा अमेरिकामा नै जन्मिएका क्रिश्चियन हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com