महँगी, आवास र शिक्षाको मुद्दालाई लिएर युरोपभरि प्रदर्शनको लहर: मिलानदेखि मड्रिडसम्म सडकमा युवाहरू


प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार

Photo: Martti Salmi/ Unsplash

गत हप्ता भएका हिंसात्मक झडप र तोडफोड दोहोरिन नदिन इटाली सरकारले ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरेपछि शनिवार मिलान, रोम र टुरिन लगायतका शहरहरूमा हजारौँ युवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

मिलानमा प्रदर्शन मुख्यतया शान्तिपूर्ण रहे तापनि रोम र टुरिनका केही स्थानहरूमा प्रहरी र प्रदर्शनकारीबीच हल्का झडप भएको छ।

इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले सुरक्षा व्यवस्था कडा पार्न मिलानमा थप ५०० सैनिक पठाउने र उपद्रव मच्चाउने नाबालिगहरूका लागि कडा सजायको व्यवस्था गर्ने घोषणा गरेकी छन्। गत हप्ताको हिंसात्मक प्रदर्शनमा धेरैजसो नाबालिगहरूको संलग्नता रहेको प्रहरीले जनाएको छ। सम्भावित हिंसा रोक्न मिलान प्रहरीले केही नाबालिगहरूलाई नियन्त्रणमा समेत लिएको छ।

मिलानको फेसन क्षेत्रका ठूला ब्राण्ड र एप्पल स्टोरहरूले सुरक्षाका लागि आफ्ना शोरूमहरू बन्द गरेका थिए। यद्यपि, दिउँसो पछि धेरैजसो पसलहरू पुनः सञ्चालनमा आएका थिए।

रोममा प्रदर्शनकारीहरूले प्रसिद्ध कोलोसियम भित्र जबरजस्ती प्रवेश गर्ने प्रयास गरे पनि सुरक्षाकर्मीहरूले उनीहरूलाई बाहिर निकालेका थिए। अर्कोतर्फ, शान्तिपूर्ण रूपमा आयोजित युद्धविरोधी र महँगीविरोधी र्‍यालीमा प्रहरीले अश्रुग्यास र वाटर क्यानन प्रयोग गरी भीडलाई नियन्त्रणमा लिएको थियो।

इटालीसँगै युरोपका अन्य प्रमुख शहरहरूमा पनि विभिन्न मागहरू राख्दै विशाल प्रदर्शनहरू भएका छन्।

शिक्षा क्षेत्रमा व्याप्त भ्रष्टाचार, उच्च शुल्क र सरकारको विरोधमा विद्यार्थीहरूले उग्र प्रदर्शन गरेका छन्। केही प्रदर्शनकारीहरूले सरकारी भवनहरूमा आगो लगाउनुका साथै प्रहरीमाथि ढुङ्गा र पटाका प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ। प्रधानमन्त्री एडी रामाले विद्यार्थीहरूसँग वार्ताको आह्वान गर्दै हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

सरकारी पेन्सन प्रणालीको निजीकरण नगर्न माग गर्दै हजारौँ सेवानिवृत्त र नागरिकहरूले शान्तिपूर्ण र्‍याली निकालेका छन्। साथै, बढ्दो घरभाडा र आवास सङ्कटलाई लिएर पनि मानिसहरू सडकमा उत्रिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोर्चुगलमा पनि महँगिँदै गएको आवास र घरभाडा नियन्त्रण गर्न तथा नयाँ भाडा नीतिको विरोध गर्दै नागरिकहरूले प्रदर्शन गरेका छन्।

शिक्षा, भ्रष्टाचार, पेन्सन, आवास सङ्कट र जीवनयापनको बढ्दो खर्चलाई लिएर सम्पूर्ण युरोपभरि युवा तथा सर्वसाधारणको असन्तोष चुलिँदै गएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com