स्थानीय निर्वाचन वैशाख ३१ मा गर्ने सरकारको घोषणा
प्रकाशित मिति : फाल्गुन ९, २०७३ सोमबार
सरकारले आगामी वैशाख ३१ गते स्थानीयतहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय चुनावको मिति घोषणा गरेको हो । मन्त्रिपरिषद्को बैठक आज तीन पटक बसेको थियो ।