कुशे औंशीमा गोकर्ण पुग्दा (फोटो फिचर)


प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार

प्रत्येक बर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर आफुलाई जन्मदिने बुवालाई बिशेष सम्मान गरी मनाइँदैछ। भाद्र कृष्ण औंसीमा बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरे बराबरको फल पाइने धर्म ग्रन्थमा बर्णन गरिएको छ।

आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्द गर्ने परम्परा रहदै आएको छ । मृत पिताका नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ।

गोकर्णेश्वर मन्दिरमा बिहानै देखि देशका बिभिन्न स्थानबाट आएका भक्तजनहरुको भिड रहेको छ । कुशेऔशीको दिनमा मृत पिताको सम्झना र शान्तिका लागि ‘गोकर्णेश्वर’को मन्दिरमा गई महादेवको पूजा गरेर मृत पितालाई पिण्डदान गरिने हुदा श्रादालु भक्तजनहरुको बिहानै देखि भिड लागेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दीपेन्द्र ढुंगानाको फोटो फिचर ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com