लुम्बिनी चिनाउन भैरहवाका संचारकर्मी पन्तको बृत्तचित्र


प्रकाशित मिति : भाद्र १०, २०७६ मंगलबार

बुद्धजन्मस्थल लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रबद्र्धनसँगै नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ को प्रचारका लागि वृत्तचित्र सार्बजनिक गरिएको छ ।

लामो समयदेखि देशबिदेशमा बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध जीवनीमा आधारित स्थलहरूको बिभिन्न माध्यमबाट प्रबद्र्धन गर्दै आएका सञ्चारकर्मी चेतन पन्तले ‘लुम्बिनी एक विश्व’ नामक नेपाली र अंग्रेजी भाषामा वृत्तचित्र निर्माण गरेका हुन् । निर्माण गरिएको वृत्तचित्रहरूलाई सामाजिक सूचना सञ्जाल र युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।

प्रदेश नम्बर ५ का उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री लिला गिरी, सिद्धार्थनगर नगरपालिकाकी कार्यबाहक प्रमुख उमा काफ्ले लगायतले वृत्तचित्र सार्बजनिक गरेका थिए । वृत्तचित्रमा लुम्बिनी मायादेबी मन्दिरसहित त्यहाँ रहेका बिभिन्न स्वदेशी तथा बिदेशी बिहारहरूको बारेमा जानकारी दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली भाषाको बृत्तचित्र ९ मिनेट ३६ सेकेन्ड र अँग्रेजी भाषाको ८ मिनेट ४५ सेकेण्ड रहेको निर्माणकर्ता पन्तले जानकारी दिए । वृत्तचित्रको बिशेष आकर्षण र महत्व भनेको त्यसभित्र रहेका अत्यन्त आकर्षक र सुन्दर हवाई दृष्यहरू समेटिएको लुम्बिनीको बिहारहरूको दृष्य हुन् । वृत्तचित्र सार्वजनिक गर्दै पर्यटन मन्त्री गिरीले प्रदेश सरकारले मनाइरहेको लुम्बिनी भ्रमण बर्ष २०७६ तथा संघ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गरेको समयमा यो वृत्तचित्रले लुम्बिनीको प्रचारप्रसारमा सघाउ पुरयाउने बताए ।

लुम्बिनीसँगै अन्य क्षेत्रको पनि प्रचारप्रसार जरूरी रहेको जनाए । कार्यक्रममा उपस्थित रहेका कार्यबाहक नगर प्रमुख काफले, लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिब सरोज भट्टराई, सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई लगायतले लुम्बिनीको बिश्वब्यापी प्रचार र प्रबद्र्धनका लागि वृत्तचित्र थप सहयोगी माध्यम बन्ने जनाए । उनीहरूले लुम्बिनीको प्रबद्र्धन र प्रचारमा एक संचारकर्मीले वृत्तचित्र मार्फत गरेको प्रयास सह्रानीय रहेको जनाए ।

वृत्तचित्र निर्माणकर्ता एबं लुम्बिनीको देशबिदेशमा प्रचारक अभियन्ता पन्तले लुम्बिनी बिकासका लागि प्रत्येक ब्यक्तिले नीजि स्वार्थ त्यागी काम गर्नु पर्ने बताए । आफूले त्यही भावना अनुरूप बिगत दुई दशकदेखि लुम्बिनीको पर्यटन बिकासमा निरन्तर लागि रहेको बताए । वृत्तचित्र युट्युब च्यानलमा अँग्रेजीमा चेतन पन्त र शेयर गरिएको फेसबुक पेज तथा अन्य सामाजिक सञ्जाल मार्फत् पनि हेर्न सकिने पन्तले जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com