कहीं लेखे पनि नलेखे पनि माधव नेपाल समकालीन राजनीतिकै वरिष्ठ नेता
प्रकाशित मिति : श्रावण ३१, २०७६ शुक्रबार
– राधाकृष्ण देउजा
नेकपाको सचिवालय बैठकले नेताहरुको जिम्मेवारी विभाजन गरको छ ।
जिम्मेवारीको अन्योलता र अनिश्चितताले अकर्मण्यता सिर्जना गर्ने खतरा बन्दै गएको अवस्थामा ढिलै भएपनी जिम्मेवारी बाँडफाँड हुनुले पार्टी जीवनमा नया रक्त सँचार गराउने पक्कै छ । जिम्मेवारीमा कसैले रोजे खोजेको त कतिपयले दिएको जिम्मेवारी पाउनु भएको पनि देखियो , सबैलाइ पाएको जिम्मेवारीमा सफलता मिलोस भन्ने शुभकामना दिँदै गर्दा एउटा विषय चाहिं उल्लेख गर्नै पर्ने छ ।
त्यो के भने विभागीय जिम्मेवारी कस-कस्लाइ के दिने भन्ने छलफल हुँदै गर्दा कतिपयले सचिवालय नेतालाइ किन विभाग चाहियो , पुर्व प्रधानमन्त्री भैसकेकालाइ किन विभाग चाहियो भन्ने हिसावका तर्क गर्दै आफुलाइ क्रान्तिकारी देखाउने कोशिसमा पनि केहि मान्छेहरु उत्रिए ।
त्यस्तो गर्नेहरुले गरेका तर्कहरुमा उल्लेखित शव्दहरुमा जे जस्तो उल्लेख भएपनि मनमा चाहिं माधव नेपालले विदेश विभाग मागेर लिन खोजेको र त्यो गलत हो भन्ने प्रमाणित गर्ने मनसाय लुकेको थियो भन्दा गलत हुदैन , यद्धपि माधव नेपालको राजनीतिक उचाइलाइ टिकाउन अव कुनै अमुक विभाग वा जिम्मेवारी चाहिंदैन भन्ने सत्य बुझेको माधव नेपालले कुनै विभाग मागेको वा यस्तो त्यस्तो केहि पनि थिएन भन्ने मात्रै हैन वहाँ योग्यता, क्षमता भएका युवा र आशा लाग्दाहरुलाइ जिम्मेवारी दिन आफु जिम्मेवारी विहिन हुन सदैव तयारनै हुनुहुन्थ्यो भन्ने पनि त्यत्तिकै सत्य हो ।
भलै माधव नेपालको निम्ती विदेश विभाग रहर वा कोशिसले प्राप्त जिम्मेवारी हैन तर अन्तराष्ट्रिय सम्वन्धहरुको आधारमा भन्नु पर्दा संक्रमणकालिन रहेको वर्तमान अवस्थामा त्यो जिम्मेवारीमा वहाँनै अत्यावश्यक र सहि छनोट हो । किन ?किन भने प्रतिपक्षले राजनीतिक स्वार्थ रक्षार्थ चलाएको अधिनायकवादको हल्लाले अन्तराष्ट्रिय समुदाय समेत कहीं कतै संशययुक्त रहेको बेला वहाँ जस्तो कुटनीतिक रुपमा निपुण , शालीन, सरल र भरोषायोग्य व्यक्तीलाइ विदेश विभाग दिने कामले स्वयं माधव नेपाललाइ त केहि फाइदा गर्दैन तर पार्टीको हिसावले नेकपालाइ र समग्रतामा नेपाल देशलाइ नै हित गर्नेछ ।
यद्धपि त्यत्रो ऐतिहासिक निर्णय गर्न सफल बैठकमा माधव नेपालको वरिष्ठताको विषयलाइ पनि सवाल बनाएको भन्ने समाचर पनि पढनु पर्यो जुन अत्यन्त दुखद हो भलै त्यसमा चर्चा परिचर्चा मात्रै हैज अन्यथा निर्णयनै भएछ भने पनि त्यसले माधव नेपाललाइ केहि फरक पार्ने वाला छैन किनकि वाहाँ मैले पाउँ न भन्दै विन्ती गर्दै बनेको नेता हैन बरु आफुले पाएको उच्चतम पदहरुलाइ देश , जनता र पार्टी हितको खातिर पटक पटक छोडन तयार भएको नेता हो । कहीं लेखिए पनि नलेखिए पनि माधव नेपाल नेकपाको मात्रै हैन समाकलिन राजनीतिकै वरिष्ठ र सम्मानित नेता हुनुहुन्छ ।









