नेपालमा भेटियो नयाँ ताल, विश्वकै उच्चस्थानको रेकर्ड कायम हुने


प्रकाशित मिति : श्रावण २७, २०७६ सोमबार

नेपालमा हालै भेटिएको एउटा तालले विश्वकै उच्चस्थानको तालको रेकर्ड कायम गर्ने सम्भावना रहेको छ । नयाँ तालले विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको रेकर्ड तोड्ने देखिएको हो ।

तिलिचो ताल ४९१९ मिटरमा अवस्थीत रहेको छ भने हालै भेटिएको काजिन सारा ताल ५२ सय मिटरमा अवस्थीत रहेको छ । मनाङ जिल्लामा भेटिएको यो ताल १५ सय मिटर लम्बाई र ६ सय मिटर चौडाईको रहेको छ ।

यदि यो ताल ५ हजार मिटरको उचाईभन्दा माथि रहेको कुरा आधिकारिक रुपमा प्रमाणित भएमा यो ताल विश्वको अग्लो स्थानको ताल हुनेछ । तिलिचो तालको लम्बाई भने ४ किलोमिटर र चौडाई १२ सय मिटर रहेको छ । तिलिचो ताल २ सय मिटर गहिरो रहेको छ । तिलिचोको तुलनामा नयाँ भेटिएको ताल झण्डै आधा सानो रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com