ललितपुरमा पञ्चदान (फोटो फिचर )


प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार

विशेषगरी ललितपुरको नेवार समुदायको बौद्ध धर्माबलम्वीले यल पञ्चदान पर्व मनाएका छन्। दीपेन्द्र ढुंगानाको फोटो फिचर । 

श्रावण शुक्ल अष्टमीका दिन ललितपुरको विहारहरुमा विभिन्न दिपंकर बुद्धका मूर्ति, बसुन्धरा, करुणामयका मूर्तिहरु तथा शाक्य बज्राचार्यहरुलाई द्रब्य दान दिने महान पर्व पञ्चदान पर्व हो ।

काठमाण्डौं उपत्यकामा मनाइने विभिन्न बौद्ध संस्कृति एवं पर्वहरुमा पञ्चदान पर्व एक हो। यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्नेसंग सम्बन्धित छ।

पञ्चदानका दिन विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र परम्परागत विहारका भिक्षु शाक्य वज्राचार्यहरुलाई सम्मानका साथ स्वागत सत्कार गरी बिभिन्न द्रब्य दान गरिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाण्डौं उपत्यकामा मनाइने विभिन्न बौद्ध संस्कृति एवं पर्वहरुमा पञ्चदान पर्व एक हो। यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्नेसंग सम्बन्धित छ।

पञ्चदानका दिन विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र परम्परागत विहारका भिक्षु शाक्य वज्राचार्यहरुलाई सम्मानका साथ स्वागत सत्कार गरी बिभिन्न द्रब्य दान गरिन्छ।

पञ्चदानलाई स्थानीय भाषामा पंजदान ९पंजरां० भनिन्छ। यो दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल आदि पाँच प्रकारका वस्तु दान गरिने भएकाले पञ्चदान भन्ने गरिन्छ।

साथै बज्राचार्य, शाक्यहरु पनि घरघरमा गइ दान ग्रहण गर्ने परम्परा रहेको छ । दिपंकर बुद्धले आजकै दिनमा पहिलो पल्ट दान ग्रहण गरेको जनविश्वास रहेको छ। दीपंकर बुद्ध भन्नाले शाक्यमुनी बुद्धलाई बुद्ध हुन्छ भनेर भविष्यवाणी गर्ने बुद्ध भनिन्छ।

बुद्धले सर्वानन्द राजाको संचित धनमा शोषित पिडितको सम्पति समेत रहेको कारण चित्त शुद्ध भएकी दुःखी बृद्धाबाट पहिले दान लिएको कुरा थाहापाएपछि राजामा धर्मचित्त उत्पन्न भएको विश्वास पनि यो पर्वसँग जोडिएको छ ।

दान भावनाले समाज सुधार, दुर्गति निवारण एवं शान्ति छाउने जनविश्वास रहि आएको छ। यो पर्व काठमाडौं उपत्यका लगायत बनेपा पनौति धुलिखेलमा पनि मनाउने गरिन्छ । ललितपुरमा आज मनाएपनि काठमाडौ ,भक्तपुर लगायतका स्थानमा आउने भाद्र कृष्ण त्रयोदशीका दिन मनाइन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com