भारतीय पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन


प्रकाशित मिति : श्रावण २१, २०७६ मंगलबार

भारतीय पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ । मंगलबार राती हृदयघातका कारण स्वराजको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

स्वराजलाई सन् २०१४ मा भारतीय विदेशमन्त्रीमा नियुक्त गरिएको थियो । भारतीय जनतापार्टीकी चर्चित नेतृ स्वराजलाई हृदयघातपछि अल इन्डिया मेडिकल कलेजमा लगिएको थियो ।

उनको ६७ बर्षको उमेरमा निधन भएके हो । सन् २०१६ मा उनको मृगौलाको प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराजको मृत्युमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com