क्यान्सरको उपचार गराइरहेका र निको भएका बालबालिकाको रयाम्प वाक (फोटो फिचर )


प्रकाशित मिति : श्रावण १८, २०७६ शनिबार

दीपेन्द्र ढुंगानाको फोटो फिचर

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टर हरिसिद्धि ललितपुरको सहयोग तथा नेपाल क्यान्सर सहयोग समूहको आयोजनामा नेपालमै पहिलोपटक ‘सुदिप्त सुपर किड्स क्यान्सर सर्भाइभर रयाम्प वाक’ शनिबार सम्पन्न भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘बालबालिकाको क्यान्सर निको हुन्छ’ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त ‘र्याम्प वाक’ मा क्यान्सर रोगको उपचार गराइरहेका र क्यान्सर निको भइसकेका २ देखि १८ वर्ष उमेरका काठमाडैं उपत्यका र विभिन्न जिल्लाका ५० बालबालिका सहभागी थिए ।

समयमै निदान भई उपचार हुन सकेमा क्यान्सर निको हुने र क्यान्सर सामान्य रोग हो भनेर जनचेतना फैलाउन आयोजना गरिएको सो ‘र्याम्प वाक’ क्यान्सरलाई जितेका र उपचारको माध्यमबाट क्यान्सरसँग लडिरहेका बालबालिकाको मनोबल उच्च राख्दै उनीहरूलाई समाजमा अन्य बालबालिकासरह नै प्रतिस्थापन गर्ने उद्देश्य रहेको छ ।

वयष्क व्यक्तिको जस्तै बालबालिकामा लाग्ने सबै प्रकारको क्यान्सरको उपचार नेपाल क्यान्सर अस्पतालमा उपलव्ध भएकाले समयमै रोगको पहिचान र उपचार गर्न बालबालिकामा लाग्ने सबै प्रकारको क्यान्सर समयमै उपचार गरे ८० देखि ९० प्रतिशतसम्म निको हुने गरेको छ ।

बालबालिकामा जन्मेदेखि नै क्यान्सर देखा परेको र अत्यधिक मात्रामा देखिने रक्त क्यान्सरको मुख्य कारण अहिलेसम्म विकसित देशले समेत पत्ता लगाउन नसकेको तर यसको उपचार नेपालमा पनि सम्भव रहेको कुरा क्यान्सर रोग विशेषज्ञहरूले बताएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com