तीसबर्षपछि सुरु भयो पाटनमा लाखे नाँच (फोटो फिचर)


प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार

स्थगित भएको करीब तीन दशकपछि ललितपुरको पाटनमा लाखे नाँच सुरु भएको छ।

खसोखासका लागि दीपेन्द्र ढुंगानाको फोटो फिचर

हरेक वर्षको घण्टाकर्ण चर्तुदशीका दिनदेखि इन्द्रजात्रासम्म विभिन्न स्थानमा लाखे नाच देखाउने परम्परा भए पनि ललितपुरको पाटनमा यो नाच रोकिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँच दिनसम्म चल्ने यो नाँच पाटनको सौगलबाट सुन्धारा ओकुबहाल, गाबहाल, पुर्णचण्डी, नकबहील , मंगलबजार ,हखाःबजार हुदै सौगलमै पुगेर समापन हुनेछ।

स्थानीय यल लायकू मिप्वाः लाखे पुचःले आफनै सदस्यहरुसँग पैसा उठाएर यो नाँच ललितपुरको पाटन क्षेत्रमा देखाउन थालेकोछ।

लाखे अर्थात राक्षसको भेषमा एकजना र उसलाई जिस्काउने एक झयालिन्चा वा तिनपाकुचा अर्थात तीन फुटको होचो रमाइलो गर्ने जिस्काउने गरी दुई जनाले नगर परिक्रमा गरी समुदायलाई मनोरन्जन दिने गरेका छन्।

उपत्यकामा रोपाई सकेर मानिसहरु फुर्सदिलो हुने भएकाले यो समयमा मनोरन्जन प्रदान गर्न लाखे नाच घण्टाकर्ण चर्तुदशीका दिनदेखि ईन्द्रजात्रासम्म देखाउने परम्परा छ।

रोपाईका बेला खान र बस्न ठेगान नहुने र काम मात्रै गर्नुपर्ने भएकाले यसपछि खानपिन र रमाइलो गर्ने भन्दै यस्तो नाच देखाउने गरेपनि दशकौदेखि नाँच लोप भएकाले यसलाई जिवन्त पार्ने प्रयास गरिएको समुहका नृत्य निर्देशक तथा कलाकार उत्तम रत्न शाक्यले बताए।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com