विद्यार्थी नेताले सिधै दिए भिसिको गाडी जलाउने चेतावनी


प्रकाशित मिति : फाल्गुन ४, २०७३ बुधबार

विद्यार्थी संगठनका नेताहरूले तोकिएको समयमा स्ववियू निर्वाचन नभए उप–कुलपतिको गाडी जलाउने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरेर विभिन्न विद्यार्थी संगठनका नेताहरूले यस्तो चेतावनी दिएका हुन् ।  नेपाल विद्यार्थी संघ किर्तिपुरका नेता योगेन्द्र रावÞलले त्रिभूवन विश्वविद्यालयले विद्यार्थीको हित विपरित काम गरिरहेको आरोप लगाए । उनले भने,‘त्रिभूवन विश्वविद्यालय गौचरनमा परिणत हुँदैछ, विधार्थीहरूको हितका लागि त्रिवि संम्वेदनशिल छैन्, चुनावलाई भाँड्न केही विद्यार्थी संगठनका साथीहरू लागेका छन् । यसको नेविसंघ भत्र्सना गर्दछ ।’

अखिल क्रान्तिकारी किर्तिपुरका सभापतिका उम्मेद्धार तिलक प्रसाद उपाध्यायले स्ववियू निर्वाचनमा पराजय हुने डरले अन्य विद्यार्थी संगठनहरू निवार्चनलाई असफल पार्नमा उद्त रहेको आरोप लगाए ।

उनले भने,‘क्रान्तिकारीसँग डराएर निर्वाचन भाड्ने काम भईरहेको छ, हामी मैदानमा छौँ, तोकिएको मितिमा चुनाव हुनैपर्छ । ’

अनेरास्ववियूका नेता मंगल थापाले विगत आठ वर्षदेखि अबरुद्ध स्ववियू निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले भने, यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसिको गाडी जलाउने छौँ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com