माया गाढा बनाउन हातभरी मेहेन्दी (फोटो फिचर)


प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार

साउनले फेसन र शृंगारलाई फरक रंगमा पोत्ने गर्छ । यतिवेला हरियो, रातो, पहेंलो पहिरन लगाइन्छ । त्यस्तै रंगको संयोजन मिलाइन्छ, पोते र चुरामा पनि । त्यतीमात्र नभई हातभरी लगाउने मेहेन्दीको सजावट नै बेग्लै ।

राम्रो श्रीमान् भेटियोस् भनेर मात्र होइन पतीपत्नीको प्रेम प्रगाढ होस् भनेर पनि मेहेन्दी लगाइन्छ । मेहेन्दी जति गाढा लाग्छ, उत्तिनै गाढा माया बस्छ भन्ने विश्वास रहेको छ ।

त्यस्तै असारे चटारोवाट उम्किएपछि सुकिलो मुकिलो भएर वस्न दिदी वहिनीहरुले हातमा मेहन्दी सजाउने परम्परा छ । खेतीवाली लगाउँदा हात खुट्टामा लागेको चोट हटाउन र त्यसलाई मुलायम बनाउन पनि मेहन्दी लगाउने गरिएको हो ।

पछिल्लो समय मेहेन्दीले फेसनको स्वरुप लिएको छ । अहिले यसको अनेकौ डिजाइन पनि प्रचलनमा छ । तिउरीमा फर्सिको फूल, सिमीको पाता मिसाएर घरमै पनि मेहन्दी बनाउन सकिन्छ । बजारमा पाइने तयारी मेहेन्दी रसायन हुने भएकाले छालामा समस्या ल्याउन पनि सक्छ ।

मेहन्दीको धूलोलाई मलमलको कपडाले दुईरतीन पटकसम्म चालेपछि चियापत्तीको पानीमा मेहन्दीलाई करिब पाँच घन्टाजति भिजाएर उपलब्ध भएमा मेहन्दीको तेल पनि केही थोपा मिसाएर मेहेन्दीको पेष्ट तयार गर्न सकिन्छ ।

खसोखासका लागि दिपेन्द्र ढुंगानाले चुरा, पोते र मेहेन्दी लगाएका केही तस्वीरहरु खिचेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com