गुरुको सम्मान (फोटो फिचर)


प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार

हिन्दू धर्मावलम्बीहरुले आफूलाई शिक्षा दिने गुरुप्रति सम्मान भाव गर्दै गुरु पूर्णिमा मनाउँदैछन् ।

देशैभरका विभिन्न विद्यालयहरुमा आज गुरु पूर्णिमा विशेष कार्यक्रमहरु आयोजना भएका छन् ।

संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्ने भन्ने हुन्छ ।

शिष्यहरुको अन्धकारलाई हटाउने र ज्ञानको उज्यालो छर्ने व्यक्तिको रुपमा गुरुको सम्मान हुने गरेको छ ।

मंगलबार काठमाडौंको वसन्तपुरस्थित एक विद्यालयमा गुरु पूर्णिमा विशेष कार्यक्रम गरेर गुरुहरुको सम्मान गरियो ।

 

फोटो : दिपेन्द्र ढुंगाना

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com