कुवेतमा तीन नेपालीको मृत्यु


प्रकाशित मिति : असार २९, २०७६ आईतबार

खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठा सहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

शनिवार राती भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाको मृत्यु भएपनि उनीहरुको नेपाल ठेगाना खुल्न नसकेको बताइएको छ । आगलागीबारेको खवर प्राप्त भएपनि घटनाका पीडित नेपालीबारे विस्तृत विवरण प्राप्त नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए ।

‘घटनामा एक पुरुष र दुई नेपाली महिलाको निधन भएको कुरा आएको छ, उनको विस्तृत घर ठेगाना खुल्न बाँकी छ, दूतावास मार्फत अन्य हताहातीबारे बुझ्ने काम भइरहेको छ’–उनले भने । आगलागीमा परी अन्य नागरिकको पनि ज्यान गएको बताइएपनि अन्य नेपाली हुन्÷होइनन् भनेर प्रष्ट हुन बाँकी रहेको पौडेलले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com