Follow @khasokhasmag

बाँसले धानेको गाउँ


प्रकाशित मिति : माघ २७, २०७३ बिहीबार

 

बास धेरै कुरामा प्रयोग गर्न सकिन्छ । घर बनाउन होस् कि गाइवस्तुलाई घाँस बाँस प्रयोग हुन्छ । अझ यसलाई तामा बनाएर तरकारीका रुपमा मानिसले खान पनि सक्छन् ।

यही बास ललितपुरको बडीखेलमा आदिवासी पहरी समुदायको जीवन गुजाराको राम्रो माध्यम बनेको छ । बडीखेलका विभिन्न ५ वडामा रहेका पहरी जातिको बा“सको विभिन्न सामग्री निर्माण गर्ने पुख्र्यौली पेसा हो । यही बासले यहाँकोे सबै कुरा धान्न भ्याएको छ ।
बा“स नेपालमा पाइने एक प्रकारको घाँस हो ।

यो पतझड वा डेसिडियस वर्गको वनस्पति हो । बाँस मानव जीवन संग सम्बन्धित छ । बाँसबाट हामी धेरै घरायसी उत्पादन जस्तै डोका, डाला, छिटनी र घरटहारादेखि अनेक उपयोगी बस्तु बनाउनेसम्मका बिभिन्न प्रयोजनका लागि उपयोग गर्दछौं। साउन भदौतिर बा“सबाट नयाँ टुसा निस्केपछि त्यसबाट हामी तामा तरकारी खान्छौं ।

यो शव बोक्न होस या अन्य कार्यका लागि बाँस हाम्रा लागि महत्वपूर्ण छ । यही बाँसबाट सामान बनाउने जाति पनि छ । नेपालको झण्डै ६१ जिल्लामा फैलिएका आदिवासी जनजाति पहरी जातिको बाँसको सामग्री बनाउने पुख्र्यौली पेसा हो ।

ललितपुरको बडीखेल आसपास बसोबास गर्दै आएका पहरी जतिले बासँबाट विभिन्न सामग्री बनाएर बेच्दै जिविका चलाउने गरेका छन् । बडीखेलको पाँच वटा वडामा रहेका पहरी जातिको हरेक घरमा बाँसबाट विभिन्न सामग्री उत्पादन हुने गरेको छ । यहाँ उत्पादन हुने गरेका बाँसजन्य सामग्री राजधानीमा खपत हुने गर्दछ ।

त्यसैले बडीखेलमा रहेका पहरी जातिले बाँसबाट सामान बनाएर जिविका चलाउँदै आएका छन् । धेरैले यो गाउँलाई बाँसले धानेको गाउँसमेत भन्न गरेका छन् । बाँसबाट उत्पादित सामग्रीको बजार पनि राम्रै रहेको स्थानीयको भनाइ छ ।

अहिले बाँसबाट निर्मित टेबुल, कुर्सी, -याक, दराजका साथ सजावटका सामानको माग बढी रहेको छ । बडीखेलमा निर्माण हुने बा“सजन्य सामग्री राजधानीका विभिन्न स्थानसहित देशका अन्य भागमा समेत पुग्ने गरेको व्यवसायीहरुको भनाइ छ । यो व्यवसायलाई अझ व्यवस्थित र वैज्ञानिक बनाउन प्रविधिको प्रयोगमा पनि व्यवसायीले सोचेका छन् । तर, भारतबाट मेसिन मगाए पनि बत्तीका कारण प्रयोगमा ल्याउन नसकेको स्थानीय बताउँछन् ।

विदेशबाट आयातित प्लास्टिक र स्टिलका सामानभन्दा बाँस, निगालो र बेतबाट बनेका सामग्री राम्रा छन् । स्थानीयस्तरमै उत्पादन हुने बा“सजन्य वस्तुबाट निर्माण हुने सामग्री प्रयोगमा राज्यले ध्यान दिन नसक्दा युवा पुस्ता यो पेसाबाट विमुख हुँदैछन् । यसले पुख्र्यौली पेसा लोप हुने मात्र होइन, पहरी जातिको कला संस्कृति, भाषासमेत लोप हुने अवस्था आएको छ । यस्ता परम्परागत सीप र ज्ञानलाई संरक्षण गर्न राज्यले पनि ध्यान दिनुपर्ने स्थानीय बताउँछन् ।

विदेशबाट आयातित सामानको प्रयोगभन्दा स्थानीय स्तरमा बन्ने सामग्री प्रयोगलाई प्रोत्साहित गर्न राज्यले ठोस नीति अवलम्बन गर्नु जरुरी छ । त्यसो हुन सकेको खण्डमा स्वदेशी उत्पादनको प्रयोग बढ्ने र ठुलो धनराशी विदेशिनबाट जोगिने छ । बडीखेलमा रहेका आदिवासी जनजाति समुदायको यो पुख्र्यौली पेसाको संरक्षण, प्रवद्र्धन र विस्तारमा राज्यले स्पष्ट नीति तर्जुमा गर्नुपर्ने देखिन्छ ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com