निलो प्रकाशमा बशन्तपुर गद्दी बैठक (फोटो फिचर)


प्रकाशित मिति : ५ असार २०७६, बिहिबार

सधै सफेद रहने काठमाडौंको वशन्तपुरमा रहेको गद्दी बैठक बिहिबार बेलुका भने निलाम्मे यो । निलो प्रकाश सहायताले गद्दी बैठक पूरो निलो बनाइएको थियो । विश्व शरणार्थी दिवस मनाउने शिलशिलामा गद्दी बैठकमा निलो प्रकाश दिइएको थियो । जसका कारण गद्दी बैठक सेतोबाट निलो देखियो । खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका तस्वीर ।

विश्वसम्पदा सूचीमा रहेको वसन्तपुर दरबार क्षेत्रस्थित ऐतिहासिक गद्दी बैठक भूकम्पबाट नराम्ररी प्रभावित भएपनि गत बर्ष पुरानै स्वरूपमा फर्काइएको थियो ।

हनुमान ढोका दरबार क्षेत्रमा रहेको यो आकर्षक ऐतिहासिक ‘गद्दी बैठक’ संवत् १९६५ मा राजा पृथ्वी वीरविक्रम शाहको शासनकालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा निर्माण गरिएको थियो ।

अमेरिकी राजदूतको संस्कृति संरक्षण कोषमार्फत पुनःस्थापना तथा भूकम्प प्रतिरोधी क्षमता वृद्धिका लागि मियामोटो ग्लोबल डिजास्टर रिलिफको आर्थिक सहयोगमा गद्दी बैठकको पुननिर्माण कार्य सम्पन्न भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com