भेटियो संसारकै सबैभन्दा पूरानो सुनको गहना, ६५ सय बर्ष पूरानो गहना यस्तो छ


प्रकाशित मिति : श्रावण २६, २०७३ बुधबार

बुल्गेरियामा १५ सेन्टीग्रामको सुनको गहनाको टुक्रा भेटिएको र यो झण्डै ६५ सय बर्ष पूरानो रहेको रोयटर्सले जनाएको छ । ४ मिलिमिटर परिधि रहेको यो गहना युरोपकै र सम्भवत विश्वकै सबैभन्दा पूरानो सुनको गहना भएको बुल्गेरियन उत्खननशास्त्रीहरुले जनाएका छन् ।
गहना क्राइस्ट जन्मनुभन्दा ४५ सय देखि ४६ सय बर्ष पुरानो दक्षिणी बुल्गेरियाको प्राग ऐतिहासिक कालको भएको दावी गरिएको छ । प्रशोधित सुनको सानो टुक्रा भेटिएपनि यो महत्वपूर्ण उत्खनन भएको बताइएको छ । ६ हजार बीसी भन्दा अगाडि त्यस क्षेत्रमा युरोपकै पहिलो शहरी बसोबास रहेको र त्यहाँ सम्भ्रान्त बर्गका मान्छेहरु वर्तमान टर्कीबाट बसाई सरेका बताइएको छ ।

प्रशोधित सुनको टुक्राको तौल १५ सेन्टीग्राम रहेको छ जुन एउटा पूरानो घरतलको जमिन उत्खननका क्रममा भेटिएको थियो । उत्खननका क्रममा १५० भन्दा धेरै चराका सेरामिक चित्रहरु भेटिएका छन् । यो बस्ती ६ हजार बर्ष अगाडि उग्र समुदायका व्यक्तिले आक्रमण गरेर तहस नहस गरेका थिए । भेटिएको सुनको टुक्राको बारेमा थप अध्ययनपछि यसलाई संग्राहालयमा राखिनेछ ।

57ab1adc1700002600c724aa

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com