ग्रिनकार्डवाहकलाई विवाह गर्ने उपयुक्त समय, विवाह गर्नासाथ दम्पत्तिका लागि ग्रिनकार्ड फाइल गर्न पाइने


प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार

यदि तपाई अमेरिकी ग्रिनकार्डवाहक हुनुहुन्छ र तपाईले विवाह गर्ने व्यक्ति अमेरिकामा नै हुनुहुन्छ भने यो विवाहका लागि अत्यन्तै उपयुक्त समय हो । विवाहपछि तपाईले जुलाईमा तपाईको दम्पत्तिका लागि अँई १३० आवेदन र ग्रिनकार्ड आवेदन एकसाथ दिन पाउनुहुनेछ ।

विगतमा जस्तो तपाईको दम्पत्तिले १४ महिनासम्म स्टाटस जोगाएर बस्नुपर्ने बाध्यता हुनेछैन । ग्रिनकार्डका लागि आई ४८५ आवेदन दिनासाथ तपाईको दम्पत्तिले वर्क परमिट प्राप्त गर्न सक्नुहुनेछ । जुलाई महिनामा यो दृष्टिकोणबाट हेर्दा ग्रिनकार्डवाहकले पनि अमेरिकी नागरिकसरह सुविधा प्राप्त गरेका छन् । तर आई १३० आवेदन दिंदासम्म तपाईको दम्पत्तिको अमेरिकामा गैरकानुनी उपस्थीति भएको भने हुनुहुँदैन ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले जारी गरेको जुलाई महिनाको भिसा बुलेटिनले अमेरिकामा नै रहेका दम्पत्ति वा छोराछोरीका लागि आवेदन दिन चाहने वा दिएका ग्रिनकार्ड बाहकका लागि सुखद खबर बोकेर आएको हो । झण्डै २ बर्ष कुर्नुपर्ने भयानक ब्याकलगको अन्त्य गरेर ग्रिनकार्ड बाहककका दम्पत्ति र छोराछोरीका लागि जुलाई महिनामा भिसा करेन्ट हुने भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाई ग्रिनकार्ड बाहक हुनुहुन्छ भने र अमेरिकामा रहेका आफ्ना श्रीमान् वा श्रीमति तथा २१ बर्ष मुनिका छोराछोरीहरुका लागि आई १३० आवेदन दिनुभएके छ भने जुलाईमा आई ४८५ ग्रिनकार्ड आवेदन दिनका लागि कानुन व्यवसायीहरुले सुझाव दिएका छन् । यदि तपाई ग्रिनकार्ड बाहक हुनुहुन्छ भने र अमेरिकामा रहेका आफ्ना श्रीमान् वा श्रीमति तथा २१ बर्ष मुनिका छोराछोरीहरुका लागि आवेदन दिने सोंचमा हुनुहुन्छ भने एकसाथ आई १३० आवेदन र आई ४८५ फाइल गर्न सक्नुहुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com