४४ वर्षदेखि ‘रोल नम्बर १३’ नलेखिएको गुल्मीको विद्यालय, यस्ताे छ कारण…..


प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार

सुन्दा अचम्म लाग्न पनि सक्छ । तर गुल्मीको एउटा विद्यालयमा झण्डै ५ दशकदेखि एउटा रोल नम्बर १३ नराखी विद्यार्थीको हाजिरी गर्दै आइएको छ । जिल्ला सदरमुकाम तम्घासको महेन्द्र माध्यमिक विद्यालयको कक्षा ९ मा रोल नम्बर १३ नलेखेको अहिले ४४ वर्ष बढी पुगेको छ ।

विद्यालयको कक्षा ९ मा पढ्ने विद्यार्थीहरूले रोल नम्बर १३ सुनेका छैनन् । विद्यार्थीहरू मात्र होइन, शिक्षकहरू पनि रोल नम्बर १३ बाट निकै टाढा छन् । २०३२ सालदेखि उक्त विद्यालयमा रोल नम्बर १३ नलेखिँदै आएको हो । कक्षा ९ को रोल नं १३ सधैं खाली हुन्छ । सो कक्षामा रोल नम्बर १२ पछि एकैपटक १४ आउँछ ।

विद्यार्थी लगातार मृत्यु भएको भन्दै विद्यालयले कक्षा ९ मा रोल नम्बर १३ लेखिएको छैन ।विद्यालयमा भर्ना भई कक्षा ९ मा अध्ययन गर्ने १३ रोल नम्बर भएका बालबालिकाको विभिन्न समयमा मृत्यु भएका कारणले विद्यालयले नै रोल नम्बर १३ लेख्न छोडेको भन्ने खबर आजकाे नेपाल समाचारपत्रमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com