अमेरिकामा आप्रवासी विद्यार्थीहरुले विद्यालय छोड्ने सङ्ख्या बढेको सर्भेक्षणको निष्कर्ष


प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार

अमेरिकामा रहेका आप्रवासी विद्यार्थीहरूले विद्यालयहरूमा बढ्दै गएको आप्रवासी विरोधी भावनाका कारण विद्यालय नै छाड्न थालेको देखिएको छ।

एकातिर आप्रवासी विरुद्धको भावना र अर्कोतर्फ इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का कारण उत्पन्न भएको डरको वातावरण विद्यार्थीहरूले सामना गरिरहेको एक अध्ययनले देखाएको हो।

आप्रवासी विद्यार्थीहरूले आइस का कारबाहीहरूले सार्वजनिक विद्यालयका आप्रवासी परिवारका विद्यार्थीहरूलाई ठूलो असर पारेको नयाँ सर्वेक्षणले देखाएको छ।

क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जेलस अन्तर्गतको इन्स्टिट्यूट फर डेमोक्रेसी, एजुकेशन एण्ड एक्सेस (आइडीइए) का अनुसन्धानकर्ताहरूले देशभरका ६०० भन्दा बढी हाइस्कुल प्रिन्सिपलहरूसँग “राष्ट्रिय प्रतिनिधित्व हुने” गरी सर्वेक्षण गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छापा, पक्राउ र डिपोर्टका घटनाहरूले विद्यालयमा पारिरहेको प्रभावबारेमा अध्ययन गरिएको थियो।

रिपोर्टका अनुसार धेरै प्रिन्सिपलहरूले विद्यालयमा “दुखद र तनावपूर्ण वातावरण” बनेको बताएका छन्। ७०.४ प्रतिशत प्रिन्सिपलहरूले आप्रवासी परिवारका विद्यार्थीहरूले आफू तथा आफ्नो परिवारको सुरक्षाबारे चिन्ता व्यक्त गरेको बताए।

साथै, ५७.८ प्रतिशत प्रिन्सिपलहरूले विद्यालय वर्षकै बीचमा धेरै आप्रवासी अभिभावक तथा अभिभावकहरू समुदाय छाडेर हिँडेको बताए।

केही प्रिन्सिपलहरू त “आप्रवासी परिवारका आफ्ना केही विद्यार्थीहरू कहाँ गए भन्ने सम्म थाहा नभएको” बताउँछन्।

६३.८ प्रतिशत प्रिन्सिपलहरूले विद्यार्थीहरूले “आप्रवासीसम्बन्धी नीतिबाट वा राजनीतिक बयानबाजीका कारण” विद्यालय छाडेको उल्लेख गरेका छन्।

विद्यालयमै बढ्दै गएको आप्रवासीविरोधी वातावरणबाट पनि विद्यार्थीहरू पीडित भएको रिपोर्टमा उल्लेख छ।

मिनेसोटाका एकजना प्रिन्सिपलले भने: “श्वेत विद्यार्थीहरूले हिस्पानिक विद्यार्थीहरूलाई ‘तिम्रो कागज–पत्र देखाउ’ भनेर जिस्क्याउने सङ्ख्यामा वृद्धि भएको देखिएको छ।”

सर्वेक्षणले देशभरका अधिकांश विद्यालयहरूले आप्रवासी विद्यार्थीको आवश्यकता पूरा गर्न “आफ्नो भरपुर प्रयास” गरिरहेको देखाएको छ।

७७.६ प्रतिशत प्रिन्सिपलहरूले सम्भावित फेडरल एजेन्सीको छापा आउने स्थिति सम्हाल्न “विद्यालय स्तरको योजना” बनाएको बताए।

करिब आधा विद्यालयहरूले विद्यार्थीका अभिभावक गिरफ्तारी वा निर्वासनमा परेमा सञ्चालन गर्ने योजनासमेत बनाइसकेका छन्।

रिपोर्ट प्रकाशित भएपछि, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) की प्रवक्ता ट्रिसिया म्याकलफलिनले सर्भेक्षणलाई “लज्जास्पद डर फैलाउने काम गरेको” आरोप लगाइन्।

उनले “विद्यार्थीहरूलाई धम्की आएको वा उपस्थित नहुने जिम्मा आइस मा थोपर्नु गलत हो,” भनेकी छिन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com