अध्ययनको बहानामा रोजगारीका लागि विदेशिनलाई रोकियो नो अब्जेक्सन लेटर


प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार

भाषा अध्ययनको बहाना बनाएर रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढेपछि सरकाले नो अब्जेक्सन लेटर (एनओसी)मा कडाइ गरेको छ । यो समस्या विशेष गरी जापान जानेहरूमा देखिएको शिक्षा मन्त्रालयको दाबी छ ।

‘श्रमबाट जापान जानुपर्ने वर्ग यता (शिक्षा मन्त्रालय)बाट जान लागे । श्रमबाटै जाँदा सीप सिक्न सकिन्छ, यताबाट सीपविहीन भएर गएका छन्,’ शिक्षा मन्त्रालयका वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख महेश्वर शर्माले भने । भाषा अध्ययन गरेपछि स्नातक तह अध्ययन गर्न जानेका लागि भने एनओसी नरोकेको उनले स्पष्ट पारे ।

यसअघि भाषा अध्ययन तथा विद्यालय तहका लागि समेत एनओसी दिने गरेको थियो । तर, बुधबारदेखि मन्त्रालयले रोकेपछि अब भाषापछि कस्तो कार्यक्रम अध्ययन गर्ने भन्ने यकिन गरेर मात्रै एनओसी दिने नियम बनाएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com