अस्पतालको लापरबाही : पित्तथैलीको अपरेशन गर्दा आन्द्रा काटिएपछि विरामीको मृत्यु


प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार

सिन्धुपाल्चोककी रामप्यारीको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन गरेको हो । ओम अस्पतालमा पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि थापाको मृत्यु भएको छ । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् ।

ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । ‘निको हुँदै छ भनेर डक्टरले जानकारी दिएका थिए । तर आज विहान सात बजे मृत्यु भयो भन्नुभयो’, बिरामीका आफन्त खड्ग श्रेष्ठले भने, ‘अस्पतालको चरम लापरवाहीले हजारौ विमारीको यहि हालत भएको छ ।’

रामप्यारीलाई मृतक घोषणा गरेसँगै आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका छन् । सिन्धुपाल्चोक इन्द्रावती गाउँपाालिका १० कि रामप्यारी बिहीबार स्वास्थ्य जाँच गराउन ओम अस्पताल पुगेकी थिइन् । उनको पित्तथैलीमा पत्थरी भएको पत्ता लाग्यो । अस्पतालले शुक्रबार अपरेशन गर्ने भन्यो ।

शुक्रबार कै दिन रामप्यारी अपरेशनका लागि भोको पेट अस्पताल पुगिन् । डा–रविन कोइरालाको नेतृत्वमा उनको अपरेशन भयो । तर, शनिबार विहानैदेखि अचानक रामप्यारीलाई श्वासप्रश्वासमा समस्या देखियो । रक्तचाप ह्वात्तै घट्यो, कम्प्रेसर बढ्ने लगायतका समस्या हुन थाल्यो । शनिबार नै अस्पतालले सम्पूर्ण जाँच गर्‍यो र, रामप्यारीलाई आईसीयूमा राख्यो । अस्पतालले आइतबार मात्र रामप्यारीको आन्द्रामा प्वाल परेको पत्ता लगायो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यही दिन अर्को अपरेशन गरियो । अपरेशनका क्रममा मलद्वारतर्फ जाने डेढ मिटर आन्द्रा काटेर फ्याकिएको डा– कोइरालाले विरामीको आफन्तलाई जानकारी दिए । अप्रेशनपछि रामप्यारीलाई भेन्टिलेशनमा राखियो । खड्कले बताए, ६० हजार रुपैयाँसम्म हामीले दिनमा औषधी प्रयोग गरेको खड्कले बताए । उपचारको क्रममा चार लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।’

अप्रेशनपछि अस्पतालले रामप्यारीको अवस्था सुधार हुँदै गएको बताएको थियो ।तर, बिहीबार विहान दुःखद खबर घोषणा गर्‍यो ।

अस्पतालको लापरबाही भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन् । उनीहरुले यसबारे उचित छानबिन हुनुपर्ने, डाक्टरले माफी माग्नुपर्ने र उचित क्षेतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com