जानकी मन्दिरको विद्युत महशुल नतिरेपछि भयो यस्तो ………..


प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार

धनुषामा मठ मन्दिरसहित सरकारी तथा नीजि उद्योगहरुले समयमै विद्युत महशुल नर्तिदा कार्यालयहरुको बांकी बक्यौता बढ्दै गएको छ । अधिकांश सरकारी, नीजि कार्यालय र मठ मन्दिरहरुले विद्युत प्राधिकरणलाई समयमा विद्युत महशुल नर्तिदा बक्यौता रकम बढ्दै गएको हो ।

मिथिलाको प्रसिद्ध धार्मिक एवं एतिहासिक जानकी मन्दिरले वर्षौदेखि विद्युत महशुल नर्तिदा मन्दिरमाथि ६८ लाख भन्दा बढी बक्यौता बांकी रहेको नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र कार्यालयले जनाएको छ । विद्युत महशुल नतिर्दा पटक पटक मन्दिरमा जोडिएको विद्युतको लाईन काटिएको छ । तरपनि विभिन्न दबावका कारण लाइन जोड् आफुहरु बाध्य भएको नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका कार्यालय प्रमुख सुर्यारायण मण्डल बताउंछन् ।

जानकी मन्दिरले चार वटा विद्युत मिटर प्रयोग गरिरहेको छ । जसमध्ये मन्दिरभित्र दुई वटा रहेका छन् भने जानकी मन्दिर परिसर भित्रै रहेको लक्ष्मण मन्दिर र रामजानकी विवाह मण्डपमा गरी अरु दुई मिटर रहेका छन् ।

मन्दिरको पहिलो मिटरमा ३ लाख ६ सय २० रुपैया १३ पैसा, दोस्रो मिटरमा ५२ लाख चार हजार ९ सय ५०, तेस्रो मिटरमा ५५ लाख ६ हजार ६ सय ९७ र रामजानकी विवाह मण्डप स्थित रहको मिटरमा सातलाख ७४ हजार २ सय ३२ रुपैयाँ गरी जम्मा ६८ लाख ३६ हजार ५ सय १ रुपैयाँ ५६ रुपैयां रकम भुक्तानी गर्न बाँकी रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्दिरले विद्युत महशुल नतिर्दा पटक पटक विद्युतको लाईन काटिए पनि आर्थिक चलखेल गरी पुनः विद्युत जडान हुने गरेको स्रोतको दावी छ । मन्दिरमाथि लाखौं रकम बक्यौता हुँदा पनि कार्यालयको फितलो व्यवस्था र कर्मचारीहरु लोभमा परेर पुनः विद्युत जडान गरिएको हो ।

यता जानकी मन्दिरका छोटा महन्थ राम रोसन दासले विद्युत महसुल धेरै पहिलादेखि रहेको स्वीकार गर्छन् । मन्दिरभित्र करिब एक दसक अघि विभिन्न कार्र्यालयहरु संचालनमा हुँदा विद्युत प्रधिकरण एक पटक पनि ताकेता नगरेको अहिले बारम्बार महशुल तिर्न बाध्य बनाएको भन्दै महशुल तिर्न नसक्ने बताए ।

मन्दिरका छोटा महन्थ रामरोसन दास बैष्णवले मन्दिरमा रकम नभएको बताए पनि मन्दिरको एक वर्षको बाहिरी आम्दानी मात्र १ करोड भन्दा बढि छ । विद्युत महशुल तिर्न शिवालय मन्दिरले २४ लाख ५ हजार ६ सय २७ रुपैयाँ ७८ पैसा र कपिलेश्वरनाथ महादेव मन्दिरले तीन लाख ३१ ह्जार ८ सय ९४ रुपैयाँ ९० पैसा रहेको छ ।

जिल्लामा रहेको सरकारी कार्यालयहरुले समेत समयमा विद्युत महशुल तिर्ने गरेका छैनन् । जिल्ला अधिकांश सरकारी कार्यालयमाथि लाखौं रकम बक्यौता रहेपनि विद्युत महशुल नतिर्दा बक्यौता रकम दिनानुदिन बढदै गएको छ । सडक विभागको २७ लाख ७ हजार ६ सय सात रुपैयां बक्यौता रहेको छ । यस्तै, निर्वाचन आयोग कार्यालयले प्रयोग गर्दै आएको तीन वटा मिटर मिलाएर ६ लाख ९० हजार ९ सय ७५ रुपैयाँ ७७ पैसा बक्यौता रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिको ८ लाख ३५ हजार ५ सय ७२ रुपैयाँ १३ पैसा बक्यौता बाँकी रहेको छ । यस्तै कृषि फर्म भनेर लिइएको मिटर माथि साढे ९ लाख भन्दा बढी, पशु विकासको तीन लाख ६ हजार ४०, अतिथि ग्रृहले प्रयोग गर्दै आएको दुई वटा मिटर मिलाएर ८ लाख १२ हजार ७ सय २४ रुपैयाँ ३६ पैसा, नेपाल रेडक्रस सोसाईटीको ५ लाख ६७ हजार ९ सय ३० रपैयाँ ५६ पैसा र जिल्ला मालपोत कार्यालयको दुई लाख ४ हजार ५ सय ४ रुपैयाँ बक्यौता रहेको छ ।

आम सर्वसाधारणसंग एक रुपैयां पनि नछोड्ने विद्युत प्राधिकरणले सरकारी कार्यालयको बक्यौता उठाउन नसकेको भन्दै स्थानीय बासिन्दाले भने रोष प्रकट गरेका छने । विद्युत महशुल नतिर्ने जोसुकैलाई कानुनी कार्वाही गर्न उनीहरुले माग गरेका छन् । सरकारी कार्यालय र मठमन्दिरले समयमा विद्युत महसुल नतिर्दा प्राधिकरण भने विभिन्न समस्या झेल्न बाध्य भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com