अन्तर्राष्ट्रिय तीन उपाधी नेपालको पोल्टोमा

एउटा अन्तर्राष्ट्रिय ब्यूटि पेजेन्टमा नेपालले चारमध्ये तीन वटा उपाधी हात पारेको छ । इन्डोनेसियामा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ मा नेपालले तीनवटा उपाधी जितेको हो ।

इन्डोनेसियाको प्रख्यात पर्यटकीय शहर बालीमा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ मा लिटिल प्रिन्सको उपाधी नेपालका विशान कटवालले जिते । कटवाले मुख्य उपाधीको साथमा मोस्ट कन्फिडेन्टको पुरस्कार समेत जिते ।

साथै लिटिल प्रिन्सेजतर्फको उपाधी शैव्या घिमिरेले हात पारिन् । शैब्याले भने राष्ट्रिय पहिरन (बेस्ट नेशनल कस्ट्यूम) को पुरस्कार पनि जितिन् । शैव्याले आफ्नो पहिरनमा नेपालको राष्ट्रिय चरा डाँफेको झझल्को दिएकि थिइन् । उक्त ड्रेसको डिजाइन भने फेसन डिजाइनर श्रीषा वैदार फैजुले गरेकि थिइन् ।

टिन प्रिन्सेजको उपाधी पनि नेपालकै पोल्टामा परेको छ । टिन प्रिन्सेजको उपाधी नेपालकै वेलिस्मा कटवालले जितिन् । वेलिस्माले बेस्ट ट्यालेन्टको पुरस्कार पनि नेपालको जितेकी छन् । उनले ट्यालेन्ट राउन्डमा पाकिस्तानी व्हीलचियर आर्टिस्ट भनी प्रशिद्ध मुनिबा मजारीको जीवनि प्रस्तुत गरेकि थिइन् । ५ मिनेटको दौरानमा बेलिस्माले आफैं व्हील चियरमा बसेर मुनिबा मजारीको अभिनय गर्दै उनको जीवन प्रस्तुत गरेर दर्शकलाई भावुक बनाइदिएका थिए ।

चारवटा मुख्य उपाधी मध्ये तीनवटा नेपालले जितेको हो । मात्र टिन प्रिन्सको उपाधी इन्डोनेसियाका आगुङ्ग दिप्ताले जितेका थिए । तीनवटा मुख्य उपाधीको साथमा विभिन्न सव टाइटल पनि नेपालको हात परेको छ । कन्जेनियालिटिको पुरस्कार आध्या कार्कीले जितिन् भने बेस्ट फोटोजेनिक प्राप्ती राजभण्डारी, एलेगेन्स रिद्धिमा नेपाल, मोस्ट चार्मिङ जेसिका राईले जितिन् ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com