भूमाफियाले जग्गा त खाए , मूर्तिसमेत बाँकी राखेनन्


प्रकाशित मिति : जेष्ठ २९, २०७६ बुधबार

२५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे । यतिबेला ती मन्दिर र कुटी छैनन् । मन्दिर र कुटी त हराए–हराए, भगवान्का मूर्ति पनि गायब भए । अहिले बाँकी छन् त केही मन्दिरका भग्नावशेष मात्र ।

पछिल्लो दुई दशकमा जनकपुरमा ४० भन्दा बढी मन्दिर मूर्तिसहित हराएका छन् । कुनै बेला मन्दिर र कुटी रहेका ठाउँमा अहिले ठूल्ठूला भवन छन् ।

जानकी मन्दिरका कारण प्रसिद्धि कमाएको जनकपुरमा ठूलो संख्यामा साधुसन्त आउँथे । छिमेकी भारत र स्वदेशकै साधु जनकपुर आएर भजनकीर्तन गरी रमाउँथे । ती साधुको भक्तिबाट आर्कषित भई जग्गादान गर्ने परम्परा थियो ।

सबै मन्दिर व्यवस्थित थिए । तर, भूमाफियाको चलखेल र मन्दिर संरक्षककै मिलोमतोमा कुटि मासिँदै गए । कुटीले दानमा पाएको जग्गा व्यक्तिमा नामसारी हुन थाल्यो र बिस्तारै भगवान्को मूर्तिसमेत बेचिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनिका झाले लेखेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com