योजनाको रकम दुरुपयोग गरे व्यक्ति र सङ्गठन कमजोर हुन्छ– नेता रावल


प्रकाशित मिति : जेष्ठ २९, २०७६ बुधबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवम पार्टीको सुदूरपश्चिम इञ्चार्ज भीम रावलले कम्युनिष्ट नेता कार्यकर्ताले आचरण सुधार गर्नुपर्ने बताउनुभएको छ । नेकपाको बझाङ जिल्ला कमिटी सदस्यहरुलाई आज सदरमुकाम चैनपुरमा सपथ ग्रहण गराउन यहाँ आइपुग्नुभएका उहाँले कतिपयले कम्युनिष्ट हँु भने पनि उनीहरुको आचरण र व्यवहारमा त्यस्तो नदेखिएको बताउनुभयो ।

“हाम्रो व्यवहार र कार्यशैलीमा सुधार ल्याउनुृ जरुरी छ, गरीब असहायको हितका लागि काम गर्नुपर्छ”, नेता रावलले भन्नुभयो । उहाँले पछिल्लो समयमा नेकपाका नेता कार्यकर्ताले विभिन्न योजनाको उपभोक्ता समितिमा बसेर अनुचित फाइदा लिने गरेको जनगुनासो आउने गरेको बताउनुभयो । “योजना र कार्यक्रमको रकम दुरुपयोग गरे व्यक्ति र सङ्गठन कमजोर हुन्छ”, उहाँले भन्नुभयो । अहिले सङ्घीय, प्रदेश र स्थानीय तहमा कम्युनिष्टको बहुमत भएकाले सुनौलो अवसरको सदुपयोग गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एक सय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट ८० तथा पूर्व नेकपा माओवादी केन्द्रबाट ५५ जना सदस्य रहेका छन् । जिल्ला अध्यक्षमा पूर्व नेकपा माओवादी केन्द्रका नेता मिन कुँवरलाई चयन गरिएको छ । सपथ ग्रहण कार्यक्रममा नेकपाका नेता लेखराज भट्ट, कर्ण थापालगायतको उपस्थिति थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com