सुरक्षागार्डले बनाउँछन् लालपुर्जा


प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार

कर्मचारी अभावका कारण देखाउँदै जिल्ला मालपोत काभ्रेमा सुरक्षागार्डले लालपुर्जा बनाउने गरेका छन् ।  कार्यालय सहयोगीले भने मोठ स्रेस्ता भिडाउँछन् ।

सेवाग्राहीबाट ‘खाजा खर्च’ पाउने भएकाले उनीहरुबीच काममा लागि तँछाडमछाडसमेत हुने गरेको छ ।  प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइरालाले ‘सिद्धान्त र विधि’ले गार्ड र कार्यालय सहयोगीबाट काम गराउन नमिल्ने भए पनि कर्मचारी अभावका कारण बाध्य भएको तर्क गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा नगेन्द्र अधिकारीले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com