प्रदेश ६ का मुख्य मन्त्रीलाई खेलौना कार उपहार !


प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार

प्रदेश नम्बर ६ कर्णालीका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीलाई साझा विवेकशील पार्टीले खेलौना कार उपहार दिएका छन् ।

प्रदेश सरकारले विकास बजेट खर्च गर्न नसकेको भन्दै उक्त उपाहर दिएको बताइएको छ । मुख्य मन्त्रीलाई खेलौना कार दिएर साझा विवेकशील पार्टी कर्णाली प्रदेश कमिटीले दुई करोड बढी रुपैयाँमा प्रदेश सरकारले ५४ वटा गाडी खरिद गरिएकाे माथि विरोध जनाएको बतार्इकाे छ ।

विकासमा बजेट खर्च गर्न नसकेपछि प्रदेश सरकार सफल नभएको भन्दै विरोध स्वरुप साझा विवेकशील पार्टी कर्णाली प्रदेशका संयोजक गेहेन्द्रप्रसाद दहालले मुख्य मन्त्रीलाई खेलौना कार उपहार दिएको बताएका छन्।

दुई करोडबढी रकमान्तर गरेर गाडी खरिद गरेको समाचार प्रकाशित भएको दुई दिन पछि प्रदेश सरकारको असफलताका लागि खेलौना उपहार दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com