मेलम्चीका पाइप फुटेपछि अर्थ मन्त्रालयलाई एडिबिको पत्र, ‘दोहोरो भुक्तानी दिन सकिँदैन’


प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार

मेलम्ची खानेपानी आयोजना–२ ले काठमाडौँ उपत्यकामा बिछ्याएको पाइप फुटेपछि मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडिबी) ले असन्तुष्टि जनाउँदै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ ।

पाइपमा जसले क्षति पुर्याएको हो उसैलाई बनाउन निर्देशन दिन एडिबिले मन्त्रालयलाई आग्रह गरेको छ । क्षतिग्रस्त पाइप पाइप परिवर्तनका लागि दोहोरो भुक्तानी दिन नसक्ने चेतावनी पनि दिएको छ ।

‘एडिबीले दोहोरो भुक्तानी गर्न नसक्ने स्पष्ट संकेत दिएको छ । उसले सबै निकायबीच समन्वय गराएर समस्या समाधान गर्न अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । हामीले पनि मन्त्रालयलाई जानकारी गराएका छौँ ।’ मेलम्ची खानेपानी आयोजना–२ कार्यान्वयन निर्देशनालय प्रमुख तिरेस खत्रीले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा तीर्थराज बस्नेतले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com