Follow @khasokhasmag

जोखिमपूर्ण काममा बालबालिका


प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार

सिन्धुपाल्चोक घुन्सा गाउँका १३ वर्षीय हीरा बम्जन दशैँअघि काठमाडौँ दिदीकहाँ आएका थिए । पहाडी गाउँभन्दा फरक रमझममा घुम्दाघुम्दै एक दिन उनी जरी भर्ने काम गर्न पुगे ।

उनले भने, “महिनाको तीन हजार दिन्थ्यो, म भन्दा ठूला र म जस्तै अरु पनि धेरै काम गर्थे । दशैँमा घरफर्केपछि भने आमाले आउन दिइनन् तर हातमा पैसा परेपछि फेरि त्यस्तै पैसा कमाउने लत बस्योे ।’’

चार जना दिदनीबहिनी र दुई दाजुभाइमध्येका माइला उनलाई सहरमै बसेर कमाउने इच्छा छ । त्यही इच्छा पूरा गर्न यही जेठ २४ गते अरु तीनजना साथीसहित घरबाट भागेर बम्जन काठमाडौँ आइपुगेका हुन् ।

कक्षा ४ मा पढ्दै गरेका सोमबहादुर थिङ १२ वर्ष, कक्षा ५ मा पढ्ने बादल बम्जन १२ वर्ष र कान्छा गोले १२ वर्ष उनीसँगै काठमाडौँ आएका छन् । बादल बम्जनले भने, “त्यही ट्वाक ट्वाके काम (जरी भर्ने) गर्ने भनेर आएको तर काम गर्ने ठाउँ नै फेला परेन ।”

चारैजनालाई मङ्गलबार बालबालिका खोजतलास समन्वय केन्द्रले उद्धार ग-यो । प्रहरीले पक्रेपछि काम गर्ने ठाउँ खोज्न नपाएको बालकहरूले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी हुन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com