झुटो विवरण पेस गरी ५ नेपाली र ४ विदेशीद्वारा सगरमाथा चढेको दाबी


प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार

पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झुटो विवरण पेस गरेको फेला परेको छ। पर्यटन विभागकी निर्देशक मीरा अचार्यका अनुसार काठमाडौंमा रहेको प्रेस्टिज एडभेन्चर प्राइभेट लिभिटेडबाट गएकामध्ये नौ जनाले जेठ १२ गते सगरमाथा आरोहण गरेको दाबी गर्दै प्रतिवेदन बुझाएका थिए।

विभागमा उजुरी परेपछि छानबिन गर्दा उनीहरू सगरमाथा आरोहण नगरेको पाइएको आचार्यले बताइन्। झुटो विवरण पेस गर्ने विदेशी आरोहीमा यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुश छन्। पर्यटन विभागले हरेक आरोहण दलसँग सम्पर्क अधिकृत पनि खटाउने गरेको छ।

यी आरोहीका लागि विश्वबन्धु रेग्मीलाई सम्पर्क अधिकृत तोकिएको थियो। तर उनी आधार शिविरमा एकदिन मात्रै बसेर काठमाडौं फर्किएका थिए। उनी स्वास्थ्यमा समस्या आएको भन्दै आधारशिविरबाट फर्किएका थिए। ‘मलाई फोनबाट सगरमाथा आरोहण गरेर फर्कियौँ भनी टिपाए’, रेग्मीले भने, ‘मेरो जिम्मामा रहेका १० मध्ये एकजनाले मात्र चढेका रहेछन्। अरुले चढेकै रहेनछन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com