सईले यौनदासी बनाएकी श्रीमतीलाई श्रीमानको साथ


प्रकाशित मिति : जेष्ठ २७, २०७६ सोमबार

श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यानमार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् ।

समाजमा यस्ता श्रीमान् पनि छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्, श्रीमतीको खुशिका लागि जे गर्न पनि तयार छु ।

उनकै प्रयासमा पीडक प्रहरी नायव निरीक्षक (सई) रामविनोद राय यादव अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा छन् ।

पीडितका श्रीमान्ले नेपाल समाचारपत्रलाई जानकारी गराएअनुसार, ‘जतिखेर मेरी श्रीमतीले रुँदै सबै पीडा पोखिन्, मैले सबै रिस र कुण्ठा दबाएर यादवलाई भने, जे भयो भयो अब त्यसो नगर्नुस्, मेरो घर परिवार सबै विग्रन्छ’–श्रीमान्ले भने–‘उल्टै धम्की दिदै श्रीमती छाड्न र मलाई फसाउन प्रपन्च रच्यो ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com