दीपिकालाई कैटरिनाको टक्कर !


प्रकाशित मिति : जेष्ठ २७, २०७६ सोमबार

बलिउड अभिनेता सलमान खान र कैटरिना कैफ अभिनित फिल्म ‘भारत’ले बक्स अफिसमा धमाका मच्याइ रहेको छ । यो फिल्म चौथो दिनमै सय करोड पार गर्दै भारु.१२२ करोड २० लाख कलेक्सन गरेको छ ।

‘भारत’ सलमान खानको करियरको सय करोड पार गर्ने १४ औं फिल्म हो । त्यस्तै, दीपिका पादुकोणपछि कैटरिना कैफको ७ वटा फिल्म सय करोड क्लबमा समावेश भएको छ । दीपिकाको ‘रेस २, चेन्नई एक्सप्रेस, ये जवानी है दिवानी, रामलीला, ह्याप्पी न्यू इयर, बाजिराव मस्तानी र पद्मावत’ले एक सय करोड पार गरेका छन्, भने कैटरिनाको एक था टाइगर, जब तक है जान, धूम ३, ब्याङ ब्याङ, टाइगर जिन्दा है, ठग्स अफ हिन्दोस्तान र भारतले सय करोड बढि कलेक्सन गरेको छ ।

दीपिकाको सबै फिल्म सफल भयो भने कैटरिनाको ठग्स अफ हिन्दोस्तान सय करोड क्लब पार गर्दा पनि असफल भयो । उनको यो बाहेक सबै सफल भएको छ । भारतमा कैटरिनाको अभिनयलाई दर्शकले रुचाएका छन् । शाहरुख खानको फिल्म ‘जिरो’मा पनि कैटरिनाको अभिनयको तारिफ भएको थियो । सय करोड कमाई गर्ने फिल्ममा सलमानसँगै कैटरिनाले पनि ह्याट्रिक गरेकी छिन् ।

यो फिल्मपछि कैटरिना रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’मा अक्षय कुमारको साथमा देखिदैछिन् । यो फिल्मले पनि राम्रो प्रर्दशन गर्ने फिल्मकर्मीको अनुमान रहेको छ । दीपिका पादुकोणको फिल्म ‘छप्पाक’को छायांकन सकिसकेको छ । यसर्अ बक्स अफिसमा दीपिकालाई कैटरिनाले टक्कर दिइरहेको बलिउड बजारमा चर्चा भैरहेको छ ।एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com