महानगरको २१ कित्ता जग्गा गायब


प्रकाशित मिति : जेष्ठ २६, २०७६ आईतबार

वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको छ । नगरपालिकाको २१ कित्ता जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको खुलेको हो ।

उक्त जग्गाको लगत आथिएक वर्ष २०६७/६८ सम्म तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा थियो । त्यसपछि जग्गा व्यक्तिको नाममा पुगेको छ तर सो सम्बन्धी लगत कार्यालयको रेकर्डमा छैन ।

निर्वाचित जनप्रतिनिधि नेतृत्वमा आएपछि नगर कार्यपालिकाले महानगरपालिकाको स्वामित्वमा रहेको जग्गा खोज्न सुरु गरेको छ । खोजीकै क्रममा २१ कित्ता जग्गा व्यक्तिको नाममा रहेको खुलेको हो । यो समाचार आजको नागरिक दैनिकमा रितेश त्रिपाठीले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com