संबिधानका विभेदकारी प्रावधान संसोधन नभए सरकार छाड्ने अशोक राईको अमेरिकाबाट चेतावनी


प्रकाशित मिति : जेष्ठ २६, २०७६ आईतबार

-सुरेश चाम्लिङ्ग

‘नेपालको संबिधानका केही प्राबधानहरु विभेदकारी छन्, त्यो संशोधन गर्नु अहिलेको आवश्यकता हो ।यो संबिधानमा मौलिक हक सम्बन्धि धाराहरु अत्यन्त राम्रा छन् । तर पहिचान ,भाषा,धर्म जस्ता सवालमा यो संबिधानले विभेद गरेका छ । यसलाई संसोधन गरेर उत्कृस्ट संबिधान बनाउने उदेश्यले प्रधानमंत्रीसंग लिखित सम्झौता गरेर हामी सरकारमा गएको हो त्यसको पालना हुन्न भने हामी सरकारमा बस्नुको औचित्य छैन ।’ समाजवादी पार्टीको वारिस्ठ नेता अशोक राईले अमेरिकाको न्यु हेम्प्शायर राज्यमा भएको अन्तरक्रिया कार्यक्रममा बताउनुभयो ।

न्युहेम्प्शायर राज्यको स्थानीय सिटि हुक्सेटमा बिभिन्न संघ संस्थाका प्रतिनीधीहरुबीच अन्तरक्रियामा उठेका जिज्ञाशा हरुको उत्तर दिदै उहाले भन्नु भयो – ‘स्थीर सरकारको कुरो उठेको बेला प्रचण्ड जीले अहिले सम्झौताको कागज निकालेर किन बखेडा गर्नु  ? पांच वर्ष ओलीजीलाई नै दिए के बिग्रन्थ्यो र? पांच वर्ष मै प्रचण्ड जी एक्स्पाएर भै हाल्ने पनी होइन क्यारे ! यो नेताहरुमा इमान्दारिता देखिएन । प्रधानमंत्रीले जनतामा सम्ब्रिद्दीको सपना धेरै देखाउनु भो तर त्यसलाई सम्बोधन गर्ने कुनै नीति देखिएन। सरकारी कार्यालय अड्डा अदालत हरेक निकायमा भ्रस्टाचार कमीशनतन्त्र यथावत मात्र होइन कल्पना गर्न नसक्ने गरी बढेको छ । त्यसलाई नियन्त्रण गर्न सकेको छैन। पहिलेको भन्दा अहिले स्थिति बिग्र्यो भनेर जनता निराश छन् । के हामीले खोजेको गणतन्त्र यहि हो? भनेर जनता अन्योलमा छन्।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्को एक प्रश्नको जवाफ दिनु हुदै अशोक राईले भन्नु भयो – ‘एमाले फोडेको होइन छोडेको हो र चाइनिज उखान अनुसार दश पटक नाप एक चोटी काट को सिदान्त अनुसार मैले एमाले परित्याग गरेकोले मलाइ कुनै पश्चाताप छैन।एमालेमा अत्यधिक मतले उपाध्यक्ष निर्वाचित भाको हो त्यो पार्टीको नेता हरुको सबैको बारेमा राम्रो थाहा छ। गौरब र आत्मसन्तुस्टी कै बिसय खोजी गर्ने हो भने त मैले हात समाएर पोलिटिक्समा लगाएको, मदन भण्डारी संग बिहेको प्रस्ताव मैले नै लगेको र बिहे समेत गराई देको व्यक्ति अहिले रास्ट्रपति छिन । म एमालेमा भएको भए लाभको पद त मिल्थ्यो होला तर देशको समुल परिवर्तनको लागि त्यहा बसेर केहि गर्ने अवस्था थिएन। अहिले हिमाल पहाड तराइ लाई एक बनाइ मुलुकको आमुल परिवर्तनको लागी लागेको छु त्यसमा मलाइ गर्व छ।’

राई अहिले अमेरीकाको भ्रमणमा हुनु हुन्छ। उहाले नेपाली फेडेरल सोसाइटी अमेरिका हालको परिवर्तित नाम “नेपाली समाज अमेरिका” द्वारा गरिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम न्यु योर्क मा सहभागी हुनु हुनेछ ।

सोहि सभालाई संबोधन गर्नु हुदै समाजवादी पार्टी महिला इन्चार्ज शुशिला श्रेष्ठले महिला अधिकारको बारेमा बोल्नु भएको थियो। न्युहेम्पशायर राज्य मा भएको अन्तरक्रिया कार्यक्रममा एन आर एन अमेरिका पुर्व सभापति शिब कुमार राइ,न्युहेम्प्शयार नेपाली कम्युनिटीका अध्यक्ष सोम गुरुङ, नेपाली संघीय समाजका सुरेश चाम्लिङ्ग,लगाएतकाले बोल्नु भएको थियो भने आदिवाशी जनजाती महासंघका सुन्दरी गुरुङ, तमु समाजका शम्भु गुरुङ, एन आर एन बोर्ड मेम्बर छत्रा गुरुङ ,तामांग सोसैटिका पुर्व अध्यक्ष फुर्वा तामाङ्ग,युनाईटेड किरात राई अर्गनाइजेसन न्यु इंग्ल्यान्ड च्याप्टर सभापति मुक्ति राई ,जन सम्पर्क समितिका लोक लामा गोले लगाएतका व्यक्तित्व हरुको उपस्थिति थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com