सलमानको ‘भारत’ चार दिनमै सय करोड क्लबमा


प्रकाशित मिति : जेष्ठ २६, २०७६ आईतबार

बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ चौथो दिनमा सय करोड क्लबमा सामेल भएको छ । यो फिल्मले भारु. ४२ करोड ३० लाखको बम्पर ओपनिङ्ग गर्दा तेस्रो दिनमै १०० करोड पार गर्ने अनुमान लगाइएको थियो । तर दोस्रो र तेस्रो दिन व्यापारमा गिरावट आउँदा तेस्रो दिन सय करोड क्लब पुग्न चुक्यो ।

यो फिल्मले दोस्रो दिन भारु. ३१ करोड र तेस्रो दिन भारु. २२ करोडको व्यापार गरेको छ । यो फिल्मले तेस्रो दिन सम्म भारु. ९५ करोड ५० लाख जम्मा गर्यो । चौथो दिनमा २५ देखि २६ करोड कमाएको अनुमान लगाइएको छ । तर यो फिल्म चौथो दिन सहजै सय करोड क्लबमा सामेल भएको छ । यो फिल्मले चौथो दिनमै सय करोड क्लबमा समावेश हुने फिल्मको नयाँ रेकर्ड राखेको छ । सलमानको यो फिल्मले हाल सम्म चार वटा नयाँ रेकर्ड कायम गरेको छ ।

सलमानको करियरकै ठूलो ओपनिङ्ग गर्ने ‘भारत’ पहिलो फिल्म हो । यो फिल्मलाई दर्शक र समिक्षक मिश्रित प्रतिक्रिया दिइरहेका छन् । अली अब्बास जफरले निर्देशन गरेको फिल्ममा सलमान खान, कैटरिना कैफ, सुनिल ग्रोबर, दिशा पाटनी, तब्बू, ज्याकी श्राफको अभिनय रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com