भूमाफियाकाे आँखामा बूढानीलकण्ठ स्कुलको जग्गा, प्रधानमन्त्रीले किन शंका गरे ?


प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार

वैशाख २४ गते प्रधानमन्त्री केपी शर्मा ओलील संसदमा बूढानीलकण्ठ स्कुललाई ५७० रोपनी जग्गा र साढे पाँच करोड रुपैयाँ किन दिने भन्ने प्रश्न गरेपछि स्कुलको जग्गा र स्कुलमा पढिरहेका विद्यार्थीले सरकारबाट पाउँदै आएको छात्रवृत्तिमाथि प्रश्न उठेको छ।

प्रधानमन्त्री ओलीले बूढानीलकण्ठ स्कुलले छात्रवृत्तिका लागि गर्ने विद्यार्थी छनोट प्रक्रियामा समेत प्रश्न गर्दै स्कुललाई उपलब्ध गराएको रकम सदुपयोग भए नभएको शंका व्यक्त गरे। देशकै प्रतिष्ठित र गुणस्तरीय शिक्षा उपलब्ध गराए आफ्ना गरिमा राख्न सफल स्कुल निजी गुठीमा सञ्चालित छ।

स्कुलको जग्गा ५७० रोपनी छ भने करिब २०० रोपनी जग्गा प्रयोगविहीन अवस्थामा छ। त्यही जग्गामा केही व्यापारी राजनीतिक दलको आडमा व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न मरिहत्ते गरिरहेको स्कुलका पूर्वप्रिन्सिपल केशर खुलालले बताए। उनका अनुसार यो प्रक्रिया दुई नै चलिरहेको छ। बूढानीलकण्ठको जग्गा जसरी पनि व्यापारिक प्रयोजनका लागि प्रयोग गर्नु उनीहरूको लक्ष्य रहेको उनले बताए। याे खबर आजकाे नागरिक दैनिकमा छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com