ठूला करदाताले अझै तिरेनन् कर, महानगरपालिकाकै जग्गा भाडामा लिएर पनि कर छली


प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार

ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर पैसा, व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ठूला करदाताले अझै कर बुझाएका छैनन् ।

महानगरपालिकाका अनुसार ठूला करदाताबाट २१ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी छ । महानगरपालिकालाई २० लाख देखि १० करोड रुपैयाँसम्म कर बुझाउन बाँकी रहेकामा मल, विद्यालय, क्याम्पस, डिपार्टमेन्ट स्टोर, सरकारी कार्यालय, विभिन्न संघसंस्था छन् ।

पुल्चोकस्थित महानगरपालिका कार्यालयनजिकै रहेको लबिम मलले करिब पाँच करोड कर तिर्न बाँकी छ । लबिम मल पाटन संयुक्त क्याम्पसको जग्गा भाडामा लिएर मल सञ्चालनमा आएको छ । यो समाचार आजकोनयाँ पत्रिका दैनिकमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com