प्रधानमन्त्री रोजगारका नाममा दुई अर्ब ३७ करोडको असारे खोलो !


प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्युनतम रोजगारीका नाममा ऐनविपरित बजेट खर्च गर्न थालेको छ। चालू आर्थिक वर्ष सकिनै लाग्दा सरकारले न्यूनतम रोजगारीको एकमहिने कार्यक्रम सुरु गरेको हो ।

जब कि, रोजगारीको हक सम्बन्धी ऐनले न्युनतम रोजगारी हुनका लागि कम्तीमा सय दिन हुनुपर्ने व्यवस्था गरेको छ। अघिल्लो वर्ष जेठमै बजेट छुट्याइएको थियो। तर, एक वर्षसम्म बेरोजगारको संख्यासमेत यकिन नगरी आर्थिक वर्षको अन्तिममा आएर स्थानीय तहमा ६ लाखदेखि एक करोडसम्म बजेटको बाढी लगाइँदैछ।

गुल्मीको मुसिकोट नगरपालिका ६ स्थित रुद्रावती क्याम्पस हाताभित्र झार गोडेर श्रमिक रोजगार कार्यक्रममा सहभागी भएका छन्। क्याम्पसको फूलबारीमा झार गोडेर महिनाभरीको तलब बाँड्ने अभियान नगरपालिकाले सुरु गरेको हो।

भक्तपुरमा प्रधानमन्त्री केपी ओलीले तीन सय मिटर सडक खन्ने योजनाको उद्घाटन गरेका छन्। मन्त्रीसँगै आली खनेपछि रोजगार कार्यक्रममा संलग्न मजदूर हिँडेका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com