नेपाली युवा : भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल


प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार

नेपाली युवा भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल हुने गरेको खुलेको छ । नेपालगन्जको होटल वाटिकामा भारतीय सेनामा भर्ती गराइदिन भन्दै लिएको ३८ लाखसहित सात जना पक्राउ परेपछि यो खुलासा भएको हो ।

घटनाका प्रत्यक्षदर्शी नेपाल भूतपूर्व सैनिक समितिका बाँके जिल्ला अध्यक्ष भीम रानाका अनुसार प्रहरीले होटलको १०२ नम्बर कोठाबाट चितवनका रामकाजी पाण्डे, पोखराका सुजाता पाठक र शर्मिला अधिकारीबाट ६ लाख ५० हजार, १०४ नं. कोठामा बसेका पोखराकै अर्जुन पौडेलबाट २६ लाख ५० हजार र १०६ नं. कोठाबाट रुपन्देही तिलोतमा नगरपालिकाका नीरबहादुर थापाबाट ५ लाख गरी ३८ लाख रंगेहात फेला पार्‍यो। घुसमा संलग्न भएको अभियोगमा पोखराका एकबहादुर गुरुङ र सूर्यबहादुर थापालाई पनि नियन्त्रणमा लियो ।

‘लिखित परीक्षाको प्रश्नपत्र आउट गर्ने नाममा एक जना ब्यक्तिबाट एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ लिएको पाइयो’, अध्यक्ष राना भन्छन् ।

नेपालगन्जको कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा जेठ १६–२१ सम्म चलेको छनोटमा ८ सय ९६ जनाले लिखित परीक्षा दिएका थिए। वाटिका होटलमा खान तलासी गर्दा प्रहरीले अभियुक्तहरूबाट नगदसहित ८५ वटा मोबाइल पनि नियन्त्रणमा लिएको थियो । यो समाचार आजको शंकरप्रसाद खनालले लेखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com