एउटै वडामा ६३ उद्योग


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

नेपालगञ्ज । बाँकेको जनकी गाउँपालिका ५ गनापुरमा ६३ उद्योग स्थापना भएका छन्। नेपालगञ्ज–कोहलपुर सडक खण्डसँगै जोडिएको गनापुरमा लहरै उद्योग स्थापना भएका छन्। ४४ वटा सञ्चालनमा र १९ वटा सञ्चालनको तयारीमा छन्।

नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३० वटा मात्रै उद्योग सञ्चालनमा छन् भने गनापुरमा सिमेन्ट, आइरन, खाद्य, इँटा जडिबुटी, रोजिन र औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्त्व राख्ने ठूला उद्योग स्थापना भएका हुन्।  जानकी गाउँपालिका ६ का वडाध्यक्ष सुरेश अहिरले राजमार्गसँग जोडिएको र नेपालगञ्ज उपमहानगरपालिका नजिक भएकाले गनापुरमा उद्योग थपिने क्रम बढेको बताए।

यहाँ स्थापित ६३ मध्ये ६ उद्योग अहिले बन्द अवस्थामा छन्। पाँच भने खुल्ने तयारीमा छन्। उद्योगमैत्री  नीति अपनाउँदै गनापुर क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए। याे समाचार अाजकाे कान्तिपुर दैनिकमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com