चिनियासँग बिहे गरेर गएकी सुनिता ४ वर्षकाे बन्दी जीवन बिताएर नेपाल फर्किइन्


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन्। चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन्। उनलाई नेपालका आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो।

सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो। काठमाडौंमा आमा र बहिनीसँग बसेर पढ्दै गरेकी उनलाई केही दलालले चीनको हङकङमा काम गरेर चाँडै धनी हुने सपना देखाए। बुबा अर्को बिहे गरी छुट्टै बस्दै आएकाले सुनिता उनकी आमा र बहिनीले कठिन जीवन बिताइरहेका थिए।

हङकङ गएर पैसा कमाउन पाइयो भने त परिवारलाई भरथेग हुन्छ भनेर सुनिता चिनियाँसँग बिहे गर्न राजी भइन्। दलालले सुनितासँगै बहिनी विनितालाई पनि चिनियाँसँग बिहे गरेर पठाउन खोजेका थिए। तर नाबालक भएकाले उनी दलालको चंगुलमा पर्नबाट बचिन्।

२०७१ भदौ १८ गते सुनिता चिनियाँ नागरिक यिन स्याउपोसँग विवाह गरी चीन आएकी थिइन्। राजधानी बेइजिङनजिकै रहेको हपेई प्रान्तमा आएपछि सुनिताका कहालीलाग्दा दिन सुरु भए। उनले अमानवीय व्यवहार भोग्नुप-यो। ‘मलाई सासूससुरा र लोग्नेले बारम्बार पिट्थे,’ उनले भनिन्, ‘तँलाई ल्याउन एक लाख चिनियाँ युआन खर्च भएको छ, त्यसको पुरताल गर्नुपर्छ भन्दै उनीहरूले मलाई बारम्बार यातना दिन्थे।’ याे खबर नागरिक दैनिकमा छ। बेइजिङ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com