प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे ।

आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देस्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरेले सिको गरे । राराकै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गरिन् ।

तर, विडम्बना, प्रधानमन्त्री स्वयंले अभिभाकत्व ग्रहण गरेकी बालिका ठिन्ले ज्यान जोखिममा राखेर पढाइ खर्च जुटाउन अहिले यार्सा खोज्न उच्च हिमाली पाटन पुगेकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com