पक्की पुल अलपत्र, स्थानीयलाई सास्ती


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

बुटवल उपमहानगरपालिकाको तिनकुने देविनगर जोडने पक्की पुल निर्माण कम्पनीको चरम लापरवाहीका कारण समयमा नबनाउँदा सेवाग्राहीले अत्यन्तै दु:ख भोग्नुपरेको छ ।

आउँदो असार मसन्ता भित्र निर्माण सम्पन्न गर्ने गरि गत फागुन २७ गते शिल्यान्यास गरिएको उक्त पक्कि पुलको काममा निर्माण कम्पनीले खेलवाड गर्दा समयमा निर्माण हुनुत परै जाओस आउने वर्षा याममा तिनकुने देविनगर क्षेत्र डुबानमा पर्ने खतरा समेत बढेर गएको स्थानीयहरुले गुनासो गर्नु भएको छ ।

दैनिक २० हजार भन्दा बढी जनता आवत जावत गर्ने उक्त सडकको पुल ठुलो र पक्कि गर्ने गरि नगरपालिकाको वजेटमा निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्कामा दिईएको हो ।

निर्माण कम्पनी वावुल दीव्य जेवी कन्टक्सनले १ करोड ४० लाख लागतमा आउदो असार मसन्ता सम्ममा पुल निर्माण गर्ने गरि ठेक्का सुम्झौता नगरपालिकासंग गरेको हो । निर्माण करिव करिव सम्पन्न गर्ने समय आउनलाग्दा पनि अझै पुलको ५ प्रतिशत पनि काम भएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले गत फागुन २७ गते उक्त पुल निर्माणको शिल्यान्यास गर्नु भएको हो । १६ । ३६ कुलापानी माथी पर्ने उक्त सडकको पुल निर्माणमा पहिला विजुलीको पोल नसार्दा र अहिले कुलापानीको पानीका कारण ढिला भएको निर्माण कम्पनीले जनाएको छ । याे खबर आजकाे नेपाल समाचारपत्र दैनिकमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com